‘अवैध सम्वन्ध’ का कारण उदयपुरमा आमाछोराको हत्या, छिमेकी युवक पक्राउ

विराटनगर– उदयपुरको कटारी नगरपालिका–१० सोरुङ छविसेकी ४० वर्षीया निर्मला थापा र उनका छोरा ६ वर्षीय आरुष थापाको हत्या अवैध सम्वन्धका कारण भएको खुलेको छ। हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेपछि यो रहस्य खुलेको हो।

प्रहरीले निर्मला र आरुषको हत्या आरोपमा छिमेकी ३२ वर्षिय ताराबहादुर मगरलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ। मगरलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी राजन चापागाईंले हालसम्मको अनुशन्धानले ‘अवैध सम्बन्ध’ का कारण आमाछोराको हत्या भएको देखिएको वताए।

प्रहरीका अनुसार मगर निर्मलाको पसलमा आउने जाने गरिरहन्थे। घट्ना भएको दिन उनले निर्मलासँग यौन सम्पर्क राख्न चाहेको र नमानेपछि खुकुरीले हानेर हत्या गरेको पाईएको छ। निर्मलाको हत्या गरेरपछि सँगै सुतेका आरुषको पनि हत्या गरेर खुकुरी र निर्मलाको मोवाइल लिएर मगर त्यहाँबाट भागेका थिए।

तर, मगरले घर भने छोडेका थिएनन्। घटनास्थलमा आउने–जाने, अन्य मानिसहरुसँग अन्जान झै गरेर सोधखोज गर्ने, प्रहरीको अनुसन्धान प्रक्रियामा पनि चासो राख्ने गरेका थिए। अन्त्यमा अनुशन्धानको सुई उनैतिर सोझिएपछि सोधपुछ गर्दा घट्ना स्विकारेको डीएसपी चापागाईँले वताए।

घर निजकै वडा कार्यालयको आडमा किराना पसल गर्दै आएकी निर्मला र आरुषको १९ भदौको राती हत्या भएको थियो। २० भदौको विहान पसलमा सामान किन्न आएका गाउँलेले दुवैको शव देखेपछि घट्ना सार्वजनिक भएको थियो।

घट्नाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय कटारी, जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले अनुशन्धान थालेको थियो। प्रहरी पुग्दा निर्मलाको शव भुईमा घोप्टो परेको अवस्थामा फेला परेको थियो। कम्मरभन्दा माथि धारिलो हतियारले काटेर क्षतविक्षत पारिएको अवस्थामा उनी मृत फेला परेकी थिईन।

यसैगरी, छोरा आरुषको शव खाटमा रगताम्मे अवस्थामा फेला परेको थियो। उनको घाँटी काटिएको थियो। घट्नास्थलको प्रकृती हेर्दा उनीहरुको हत्या भएको र हत्याको कारण चोरी वा लुटपाट नभई अरु नै भएको निस्कर्षमाा प्रहरी पुगेको थियो। निर्मलाले रातीसम्म देवरसँग फोनमा कुरा गरेको खुले पनि उनले प्रयोग गर्ने मोवाईल वेपत्ता थियो। तर, उनले लगाएका गहना र पसल तथा उनको साथमा रहेको पैसा जस्ताको तस्तै थियो।

यही ‘क्लु’ का आधारमा निर्मला र उनका छोराको हत्याको कारण तथा हत्यारा पछ्याउँदै गएको प्रहरीले मृतकको मोवाईल सोरुङ्ग खोलामा फुटेको अबस्थामा फेला पारेको थियो। विभिन्न कडी जोड्दै करिव २ साताको अनुशन्धानपछि मगरलाई पक्राउ गर्न सफल भएको डीएसपी चापागाईंले वताए।

घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तर दुर्गम क्षेत्रमा पर्छ। पसलबाट करिव ३ सय मिटरको दुरीमा घर भएपनि घट्ना भएको दिन उनीहरु पसलमै सुतेका थिए। घरमा देवरहरुसँग फोनमा कुरा गर्दा निर्मलाले छोरो सुतिसकेकाले विहानै आउने वताएकी थिईन।

भोलीपल्ट घरमा खसी काट्ने योजना थियो। तर, राती नै उनीहरुको हत्या भएको वडाअध्यक्ष क्षेत्रबहादुर खड्काले वताए। उनका अनुसार निर्मलाका पति अशोक थापा भने २ वर्षअघि नै कान्छी श्रीमती लिएर भारततिर गएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट