प्रधानमन्त्री सहभागि हुने भनिएको कार्यक्रममा बालेन्द्रका समर्थकमाथि कुटपिट

काठमाण्डौं– काठमाण्डौंको दरबारमार्गमा मेयर बालेन्द्र साहका समर्थकलाई युवाहरुको अर्को समुहले कुटपिट गरेको छ।

दरबारमार्गमा बिहीबार साँझ सुरु भएको ‘नेशनल डे कन्सर्ट’मा बालेन्द्रको पक्षमा नारा लगाउन थालेपछि युवाहरुको अर्को समूहले उनीहरुलाई कुटपिट गरेको हो। कन्सर्टमा एक युवकले ‘बालेन ! बालेन !’ भन्दै नारा लगाएका थिए।

त्यसपछि ती युवकलाई करिव ५/६ जना युवाको समुहले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन्। कुटपिट लगत्तै भागेकाले उनीहरुको पहिचान खुलेको छैन।

संविधान दिवसको अवसरमा नागरिकस्तरबाट भएको भनिएको कन्सर्टमा ठुलो संख्यामा युवाहरु राष्ट्रिय झण्डासहित भेला भएका छन्। राष्ट्रिय झण्डाले दरबारमार्ग ढपक्क ढाकिएको छ। हजारौं मानिस दरबार मार्ग क्षेत्रमा आएका छन्।

मानिसहरूको आवागमन हेरेर करिब ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। विशेषगरी युवा लक्षित कार्यक्रममा एलिमेन्ट्स ब्यान्डले प्रस्तुति दिनेछन्। कन्सर्टमा आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमन लगायतको प्रस्तुती रहने बताइएको छ।

कन्सर्टमा प्रधानमन्त्री केपी ओली समेत सहभागी हुने जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट