दुर्गा प्रसाईलाई पक्राउ गर्ने साईबर ब्युरोको तयारी, अदालतले दियो अनुमती

काठमाण्डौं– विवादित मेडिक ब्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाण्डौंले पक्राउ पुर्जी जारी गरेको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेपछि प्रसाईलाई पक्राउ गर्न अदालतले बुधबार अनुमती दिएको हो।

ब्यूरोको माग अनुसार अदालतले प्रसाईंसहित बाग्लुङको बडीगाडका जीवन पाण्डे र धादिङको सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ।

उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट