श्रीमतीलाई बेहोस बनाएर ५० जनाभन्दा वढि पुरुषबाट बलात्कार गराउने पुरुषले स्विकारे अपराध

काठमाण्डौं– फ्रान्समा आफ्नै श्रीमतीलाई ५० जनाभन्दा बढी व्यक्तिलाई बलात्कार गराएको आरोपमा पक्राउ परेका श्रीमान्ले अदालतमा आफनो अपराध स्विकार गरेका छन्। डोमिनिक पोलिकोटमाथि श्रीमतीलाई लागुऔषध खुवाएर झण्डै एक दशकसम्म परपुरुषबाट बलात्कार गराएको आरोप थियो।

मंगलबार उनले अदालतमा आफूविरुद्ध लागेका सबै आरोप स्वीकार गर्दै आफू बलात्कारी नै भएको बताए। सिंगो देशलाई स्तब्ध बनाएको यो घटनामा ती अभियुक्तले अदालत समक्ष दयाको भीख पनि मागे।

घटनामा पीडित महिलाले आफूसँग यति वर्षसम्म बसेको व्यक्तिले आफूलाई यसरी धोका दिएको पत्याउनै गाह्रो भएको बताइन्। यसरी आफ्नी श्रीमतीलाई १० वर्षसम्म लागुऔषध खुवाएर बेहोस बनाएर कैयौँलाई बलात्कार गर्न लगाउने पुरुष ७१ वर्षका छन।

यो मुद्दा डिसेम्बरसम्म चल्नेछ। अदालतमा उनी दोषी ठहर भएमा कम्तीमा २० वर्षको जेल सजाय हुनेछ। अदालतका कागजातहरूका अनुसार, सन् २०२० मा प्रहरीले सुपरमार्केटमा महिलाहरूको अन्तरंग भिडिओ बनाउँदै गरेको अवस्थामा पेलिकोट पक्राउ परेका थिए।

त्यसपछि प्रहरीले पेलिकोटको घर र विद्युतीय उपकरणमा छानबिन गरेको थियो। जसमा उनकी पत्नी गिसेल पेलिकोटसँग यौन सम्बन्धमा संलग्न पुरुषका हजारौँ तस्बिर र भिडिओ भेटिएका थिए।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट