भारतबाटै चक्कु बोकेर आएका अनिलले कोठामा जान नमान्दा गरेका थिए मनिषको हत्या

दमक– २८ भदौको साँझ झापाको अर्जुनधारामा मारिएकी मनिषा लोहारको हत्या गर्न उनका प्रेमी अनिल विकले भारतबाटै चक्कु बोकेर आएको खुलेको छ। प्रहरीसँगको वयानमा अनिलले नै यो कुराको खुलासा गरेका हुन।

अर्जुनधारा नगरपालिका–६, महानन्द चौकमा प्रेमीकालाई चक्कु प्रहार गरी भाग्दै गर्दा स्थानीयले कुटपिट गरी उनलाई घाईते बनाएका थिए। भद्रपुर स्थित प्रादेशिक अस्पतालमा उनको उपचार भएको छ। उपचारपछि उनी इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा छन्।

सोधपुछका क्रममा चक्कु सिलिगुडीबाट किनेर ल्याएको अनिलले बयान दिएका छन्। तर, मनिषाको हत्या गर्न नभई तरकारी काट्ने प्रयोजनका लागि मनिषालाई नै ल्याईदिएको उनको भनाई छ।

प्रहरीका अनुसार इलाको सूर्योदय नगरपालिका–१० फिक्कलकी १९ वर्षीया मनिषा र कैलालीको गौरीगंगा नगरपालिका–३ का २० वर्षीय अनिल प्रेमी–प्रेमीका हुन। मनिषा बिर्तामोड–५ स्थित पाथीभरा टोलमा वसेर बिर्तामोडस्थित त्रिवेणी एचआर मेनपावरमा काम गर्थिन भने आमाबुबासहित परिवारका सदस्य भारतको सिलिगुडीमा रहेका अनिल आउजाउ गरिरहन्थे। उनले भारतको सिलिगुडीस्थित कपडा पसलमा मार्केटिङको काम गर्दै आएको खुलेको छ।

कैलाली र सिलिगुडी आउजाउ गरिरहने भएकाले यसअघि पनि अनिल र मनिषाको बेला–बेला भेटघाट हुँदै आएको थियो। तर, पछिल्लो समय मनिषा अनिलसँग टाढा हुन खोजेको देखिएको छ। अनिलको छिटो रिसाउने तथा सामान्य कुरामा छिट्टै र गम्भिर प्रतिक्रिया जनाउने स्वभाव मनिषालाई मन परेको थिएन।

यसैक्रममा २८ भदौमा अनिल मनिषालाई भेट्न भन्दै सिलिगुडीबाट झापा आएका थिए। मनिषको अफिस छुट्टी भएपछि दुवै जना घुम्न निस्एिका थिए। यसैक्रममा अनिलको स्वभावकै विषयमा दुई जनाबीच विवाद भएको खुलेको छ। अटो चढेर मनिषाको डेरातर्फ जाँने क्रममा पनि उनीहरुको विवाद भयो। अटोबाट उत्रिएपछि भने अनिलले मनिषालाई चक्कु हानेको पाईएको छ।

प्रहरीका अनुसार मनिषाले अनिललाई कोठामा लान नचाहँदा यो दुर्घटना भएको हो। अटोबाट झरेपछि अनिलले ‘बाटोमा विवाद गर्नु भन्दा कोठामा हिड’ भनेका थिए। तर, मनिषाले उनको कुरा मानिन्। ‘कोठामा गएर जथाभावी बोल्ने र अरूले पनि थाहा पाउने’ भन्दै उनले अनिलको कुरा अस्विकार गरिन्।

त्यसपछि आवेशमा आएका अनिलले सिलिगुडीबाटै बोकेर आएको चक्कु झिकेर अन्धाधुन्द प्रहार गरेको अनुशन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी प्रकाश विष्टले वताए। मनिषाको शरीरमा तीन ठाउँमा चक्कु प्रहार भएको थियो। चुक्कु प्रहार गरेपछि स्थानीयले घेरा हालेर अनिललाई कुटपिट गर्दा उनको टाउकोमा पनि चोट लाग्यो। उनको टाउकोमा ४ वटा टाँका लागेको प्रहरीले जनाएको छ।

यता, गम्भिर अवस्थामा रहेकी मनिषालाई उपचारका लागि विर्तामोडस्थित बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा केही समयपछि नै उनको मृत्यु भएको थियो।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट