खनारमा मृत फेला परेकी मेनुकाको हत्या भएको माईतीको आशंका, अनुशन्धान गर्दै प्रहरी

इटहरी– सुनसरीको इटहरीमा एक युवतीको हत्या भएको आशंकामा प्रहरीले अनुशन्धान सुरु गरेको छ। २८ भदौमा इटहरी उपमहानगरपालिका–१३, खनारकी २४ वर्षीय मेनुका दाहाल मृत अवस्थामा फेला परेकी थिईन।

दाहालको शव झुन्डिएको अवस्थामा फेला परेपनि उनको माईती पक्षले शरीरमा नीलडाम देखिए भन्दै हत्या भएको आशंका गरेका छन्। उनीहरुले पति ईश्वर बरालको कुटपिटबाट मेनुकाको मृत्यु भएको हो। घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै उजुरी दिएपछि प्रहरीले अनुशन्धान सुरु गरेको हो।

माईती पक्षको दावी अनुसार इश्वरले मेनुकालाई पटक–पटक शारीरिक र मानसिक यातना दिदै आएका थिए। घट्नाको समयमा पनि दमकमा रहेकी उनलाई ईश्वरले बोलाएको उनीहरुको दावी छ। घट्ना भएको विषयमा प्रहरीलाई खबर नगरी अस्पताल पु¥याएको तथा झुण्डिएको भनेको डोरीसमेत काटेर प्रमाण नष्ट गर्ने प्रयास भएको माइती पक्षको आरोप छ।

ईश्वरकी आमाले मेनुकाको माइतीमा फोन गरेर घट्नाको वेलिविस्तार लगाउँदै ‘तपाईँहरू आउनुस् मिल्नुपर्छ’ भनेकाले पनि शंका गर्ने ठाउँ बनेको वताईएको छ। मेनुकाको माइतीले २९ भदौमै इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी दिएका छन्।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले पोस्टमार्टम रिपोर्ट आएपछि अनुशन्धान प्रभावकारी रुपमा अगाडि बढ्ने वताएका छन्। ईश्वरको परिवार निगरानीमा रहेको प्रहरीको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट