चिकित्सकको बलात्कारपछि हत्या प्रकरणमा कोलकाताका प्रहरी प्रमुख बर्खास्त

काठमाण्डौं– भारतको कोलकातास्थित एक अस्पतालमा महिला चिकित्सकको बलात्कारपछि हत्या भएको प्रकरणमा अनुसन्धानको तरिकालाई लिएर ब्यापक आलोचना भएपछि पश्चिम बङ्गाल राज्य सरकारले सहरका प्रहरी प्रमुख र स्वास्थ्य मन्त्रालयका २ जना शीर्ष अधिकारीलाई बर्खास्त गरेको छ।

चिकित्सकको बलात्कारपछि क्रुर हत्या भएको विरोधमा कोलकातामा उग्र प्रदर्शन भईरहेका छन्। ९ अगस्टमा कोलकाताको सरकारी अस्पताल (आरजी कर मेडिकल कलेज) ३१ वर्षीया चिकिस्तकको रगतले लतपतिएको शव फेला परेको थियो।

त्यसपछि महिलाविरुद्ध हिंसाको दीर्घकालीन मुद्दालाई लिएर देशव्यापी आक्रोश सिर्जना भएको छ। उक्त हत्यापछि सम्पूर्ण भारतमा विरोध प्रदर्शन सुरु भयो। अन्य ठाउँम विरोध प्रदर्शन र हडताल शान्त भए पनि पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातामा नियमित प्रदर्शन जारी छ।

महिलाका लागि सुरक्षित स्थितिको माग गर्दै चिकित्सकहरूले बारम्बार हडताल गर्दै आएका छन्। प्रदर्शन मत्थर हुने अवस्था नदेखिएपछि पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले सोमवार राति चिकित्सकहरूसँगको बैठकपछि कोलकाता प्रहरी आयुक्त र स्वास्थ्य विभागका दुई अधिकारीलाई हटाउने घोषणा गरेकी हुन।

हत्याको आरोपमा प्रहरीले एक व्यक्तिलाई हिरासतमा लिइएको छ तर अनुसन्धान चित्तवुझ्दो नभएको भन्दै सरकारको आलोचना भईरहेको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट