मेची क्याम्पसका उपप्राध्यापक खरेलको हृदयघातका कारण निधन

दमक– झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक पुण्य खरेलको हृदयघातका कारण निधन भएको छ।

बिर्तामोड नगरपालिका–५ घर भएका खरेलको मंगलबार बिहान काठमाण्डौंमा निधन भएको हो।

मुटुमा समस्या देखिएपछि उनी एक साता अघि उपचारका लागि काठमाण्डौं गएका थिए। उनको काठमाडौँमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

खरेलको नाम साहित्यकार र समालोचकका रुपमा समेत चर्चामा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट