जहदामा सर्पले डसेर ८ वर्षीया बालिकाको मृत्यु

विराटनगर– मोरङमा सर्पले डसेर ८ वर्षीया बालिकाको मृत्यु भएको छ। जहदा गाउँपालिका–२ भीमपुर बेरियाका बिजु मुर्मूकी छोरी ८ वर्षीया चाँद मुर्मूको मृत्यु भएको हो।

मोरङ प्रहरीका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार मंगलबार राती करिव २ बजे पिसाव गर्न आँगनमा निस्किएका वेला उनलाई सर्पले डसेको थियो। उनलाई अभिभावकले सँगै बाहिर निकालेका थिए।

पिसाब गर्दैगर्दा बालिकालाई सर्पले डसेको थियो। सर्पले डसेर गम्भीर भएकी उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो। उपचारकै क्रममा बिहान सवा ४ बजे उनको मृत्यु भएको डीएसपी बस्नेतले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट