हाडनाता करणीको आरोप लागेका युवकको कारागारमै मृत्यु

काठमाण्डौं– हाडनाता करणीको आरोपमा पूर्पक्षका लागि कैलाली कारागारमा रहेका एक वन्दी युवकको मृत्यु भएको छ।

घोडाघोडी नगरपालिका–४ का २३ वर्षीय दिपक बिकको सोमबार मृत्यु भएको हो। दिउँसो करिव साढे ३ बजे उनी शौचालयमा लडेको अवस्थामा भेटिएका थिए। उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो।

उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्रसिंह बोहोराले बताए। घटनाबारे अनुसन्धान भइरहेको उनको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट