बारामा राती मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

जनकपुर– बारामा गएराती मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढ नगरपालिका–८ तामागढी गेट नजिक बा ६३ प ७३३० नं को मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा चालक सर्लाहीको धनकौल गाउँपालिका–२ का ३७ वर्षीय दिनेश साहको मृत्यु भएको हो।

चन्द्रनिगाहपुरबाट पथलैयातर्फ जाँदै गरेको मोटरसाईल दुर्घटनामा घाईते भएका साहलाई उपचारका लागि बिरगन्ज लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाईकलको पछाडी सवार सोही ठाउँका ४६ वर्षीय किशोरी साह घाईते छन्। उनको बयोधा अस्पताल बिरगञ्जमा उपचार भईरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट