झापा कारागारबाट बलात्कार मुद्दाका कैदी फरार

दमक— झापा कारागारबाट बलात्कार मुद्दाका एक कैदी आईतबार फरार भएका छन्।

भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट भद्रपुर नगरपालिका–५ घर भएका कैदी २४ वर्षीय जीवन साह फरार भएका हुन। प्रहरीका अनुसार उनी बलात्कार मुद्दामा कैद काटीरहेका थिए।

छातीमा समस्या भएपछि २५ भदौमा उनलाई प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। प्रादेशिक अस्पतालले रेफर गरेपछि ओमसाई पाथीभरा अस्पतालमा सारिएको थियो।

उपचारकै क्रममा आईतबार विहान करिव पौने ४ बजे अस्पतालको शौचालयबाट उनी भागेको प्रहरीले जनाएको छ।

यसअघि इलाका प्रहरी कार्यालय बिर्तामोडका एक थुनुवा अस्पतालबाटै भागेका थिए। उनलाई ४ दिनपछि पुनः पक्राउ गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट