श्रीमतीलाई डिभोर्स दिएर डिभोर्सी महिलासँगै दोस्रो विवाह गर्ने तयारीमा छन् सीके राउत ?

राजविराज– जनमत पार्टीका अध्यक्ष एवम् सांसद डा. सीके राउत (चन्द्रकान्त राउत) ले श्रीमती सोनीकुमारी सिंह (सोनी सिन्धु रानी) सँग डिभोर्स (सम्बन्धविच्छेद)का लागि ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेपछि दुई पक्षका आरोप÷प्रत्यारोप सार्वजनिक भईरहेका छन्।

श्रीमतीले पटक–पटक आत्महत्या प्रयास गरेको, आफैं डिभोर्स माग्ने गरेको, काठमाण्डौंमा घर/गाडीलगायतका लागि टर्चर गरेको, छोराछोरीको ज्यान जोखिममा पारेको लगायत आरोप राउतले लगाएका छन्। बिहे हुनुअघि नै सोनीले दुईपटक आत्महत्या प्रयास गरेको र बिहे गरेको केही समयपछि नै डिभोर्स माग्न थालेको राउतको दाबी छ।

यतीमात्रै होईन, श्रीमतीको माइती पक्षबाट आफूलाई टुनामुना गर्न सक्ने र श्रीमतीले नै खानामा मन्द विष मिलाएर मार्न सक्ने भएकाले जुनसुकै हालतमा डिभोर्स दिलाइदिन उनले अदालतसँग माग गरेका छन्।

सोनीले भने राउतको चरित्रमाथि प्रश्न उठाएका विषय सार्वजनिक भईरहेका छन्। राउतको परस्त्रिसँग सम्वन्ध रहेको र पटक–पटक रंगेहात फेला परेको भन्दै श्रीमती सोनी पक्षबाट कुराहरु वाहिरिएका छन्। यस विषयमा उनीहरुको झडप समेत भएको जनाईएको छ। यो विषयलाई सीके राउतले अदालतमा दायर गरेको फिराद पत्रले समेत पुष्टि गरेको छ। सीके राउतका विषयमा चलिरहेका चर्चा र फिराद पत्रमा उनले कोट गरेको एउटा प्रसंकले उनको बाहिरी अफेयरका कारण घरमा समस्या हुने गरेको संकेत दिएको छ।

श्रीमतीले माईत वसेर पटक–पटक म्यासेज गरेर डिभोर्स मागेको दावी गरेको कुरालाई फिरादमा राउतले कोट गरेका छन्। श्रीमतीले आफुलाई पठाएको म्यासेज भन्दै उनले फिरादमा लेखेका छन–‘डिभोर्स पेपर सुबह तक तयार रखना। कोइ भी ताकत मुझे तुमसे बाँधके नही रख सकती। बस अब बहुत हुवा। मेरा सब्रका बाँध टुट गया। बहुत घमण्ड है ना तुझे अपने इगो और पैसो पे? तुम्हारा पैसा तुम्हे मुबारक। मुझे डिभोर्स चाहिये। तुम्हारी बीबी हुँ, कोइ युज करनेका सामान नहीं। मुझे जब चाहा युज किया, जब चाहा ठुकरा दिया? डिभोर्स मतलब डिभोर्स है, कोइ कम्प्रमाइज नही। अब अगर ब्रम्हा, विष्णु, महेश भी आकर कहे कि सीके राउतका किसिके साथ अफेयर नही है, तो भी मै नही मानुंगी।’

आफूलाई श्रीमतीले यस्तो म्यासेज गरेको जिकिर राउतले गरेका छन्। ‘अव यदि ब्रम्हा, विष्णु, महेश आएर सीके राउतको कसैसँग अफेयर छैन भने पनि म मान्दिन’ भन्दै कोट गरिएको यो प्रसंगले उनी धेरै अघिदेखि नै श्रीमतीको नजरबाट गिरेको देखाउने स्रोतको दावी छ।

सप्तरीको महादेवा गाउँपालिका–२, महादेवा गाउँमा घर भएका राउत सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन। उनको निर्वाचन क्षेत्र तथा सप्तरी सदरमुकाम राजविराजमा उनले श्रीमतीसँग डिभोर्स गरेर दोस्रो विवाह गर्ने तयारी गरिरहेको ब्यापक चर्चा छ। राजविराजमा चलिरहेको चर्चा र स्रोतको दावी अनुसार उनले ६ महिनाअघि डिभोर्स गरेर बसेकी एक डिभोर्सी महिलासँग दोस्रो विवाह गर्ने तयारी गरेका छन्। त्यसैको उनले श्रीमतीलाई विभिन्न आरोप लगाएर डिभोर्स मागेको स्रोतले जनाएको छ।

यता, राउतको दावी विपरित सोनीले डिभोर्स नचाहेको भन्नुले पनि राउनको दावीमा कैफियत छ भन्ने कुराको संकेत गर्छ। राउतले १२ भदौमा जिल्ला अदालत ललितपुरमा डिभोर्सका लागि फिराद दायर गरेपछि अदालतको टोली शुक्रबार उनी वसिरहेको महालक्ष्मी नगरपालिका–४ स्थित ललिताकुमारी यादवको घरमा पुगेको थियो। सोनीले आफूलाई डिभोर्स नचाहिएको भन्दै अदालतको म्याद बुझ्नसमेत अस्वीकार गरेकी छिन्।

पत्र बुझ्न नमानेपछि अदालतको टोली घरमै पत्र टाँसेर फर्किएको ललितपुर जिल्ला अदालतका प्रवक्ता रामसजीवन महतोले जानकारी दिएका छन्।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट