झापामा रक्सीले मातेका दाजुभाईको झडप, चिर्पटले हानेर भाईको हत्या गर्ने दाजु पक्राउ

दमक– झापाको शिवसताक्षीमा गएराति रक्सीले मातेका दाजुले आफनै भाईको हत्या गरेका छन्।

शिवसताक्षी नगरपालिका– ८ शितल चोकका नारायण सिटौलाले भाई ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या गरेका हुन। नारायणलाई इलाका प्रहरी कार्यालय झिलझिलेले पक्राउ गरेको छ।

रामप्रसादको शव गएराति करिब ९ बजे घरको पछाडिपट्टी उत्तानो परेको अवस्थामा फेला परेको थियो। उनको टाउकोमा चोट देखिएको र रगत लागेको अवस्थामा छेउमा दाउराको चिर्पट समेत फेला परेको इन्स्पेक्टर सुशिल थापामगरले बताए।

सोही चिर्पटले हानेर रामप्रसादको हत्या गरिएको हुनसक्ने प्रहरीको आशंका छ। प्रहरीका अनुसार घटनास्थल वरिपरी दाउरा छरिएको र रगत लतपतिएको थियो। उनलाई सुतेकै ठाउँमा दाउराले हानेको हुनसक्ने बताइएको छ।

दुवै दाजुभाइले मादक पदार्थ सेवन गरी झगडा गरेको र नारायणले भाइलाई दाउराको चिर्पटले हानेर हत्या गरेको हुनसक्ने आशंका छ। तीन जना दाजुभाइमध्ये मृतक रामप्रसाद माहिला र नारायण जेठा हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट