विदेशमा भएका पतिसँग डिभोर्स गरी पीआरधारीसँग दोस्रो विवाह, अस्ट्रेलिया पुगेको ४ महिनामै रहस्यमय मृत्यु

दमक– झापाको मेचीनगर नगरपालिका–१४ की २७ वर्षीया तुलसामाया शिवाकोटी (दीक्षा)को अस्ट्रेलियामा रहस्यमय मृत्यु भएपछि उनका माईती पक्ष पीडा र शोकमा छन्। उनले आत्महत्या गरेको बताईएपनि माईती पक्षले त्यसलाई स्विकार गर्न तयार छैन।

अस्ट्रेलियाको सबैभन्दा ठुलो सहर सिड्नीदेखि केही दूरीमा रहेको हाइट पार्कछेउको फिलिप्स पार्क परिसरमा त्यहाँको प्रहरीले उनको शव आईतबार फेला पारेको थियो। ४ महिना अघि मात्रै अस्ट्रेलिया पुगेकी दीक्षाले अघिल्लो दिनदेखि सिड्नीको रक्डेलस्थित एभरेस्ट बुचरीमा ‘पार्ट टाइम’ काम गर्न थालेकी थिईन।

उनका पति रवि प्रसाईं सोही बुचरीको पछाडिको फ्लोरमा रहेको एक कन्सल्टेन्सीका इन्जिनियर हुन्। अघिल्लो दिन रवि र दीक्षा सँगै ड्युटी गएर सँगै फर्केका थिए। रविको कार्यकक्षबाट बुचरीको अगाडि काउन्टर सोझै देखिन्थ्यो। ८ सेप्टेम्बर (२३ भदौ) मा ड्युटी समयमा काउन्टरमा दीक्षालाई नदेखेपछि रविले खोजी सुरु गरेका थिए।

खोजी गर्दा पनि नभेटिएपछि रविले प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए। अस्ट्रेलियाको ‘मिसिङ नोटिस’ सार्वजनिक भएपछि करिव २५ किलोमिटर टाढा रहेको फिलिप्स पार्कभित्र दीक्षालाई मृत अवस्थामा फेला पारिएको थियो। स्थानीय समयानुसार ११ बजे पसलबाट निस्किएकी दीक्षा ६ घण्टापछि करिव ५ बजे शङ्कास्पद अवस्थामा मृत फेला परेकी थिईन।

दीक्षाको मृत्यु शङ्कास्पद र रहस्यमय रहेको माईती पक्षको भनाई छ। घटनाको हुलियाको अवस्थापछि प्रहरीले मृत भनेको छ। तर, दीक्षाको माइततिर ‘सुसाइड’ घटना हो भनेर खबर गरेपछि घटना शङ्कास्पद नै भएको झापाली समाज अस्ट्रेलियाका अध्यक्ष अशोक उप्रेतीले बताएका छन्।

दीक्षाकी आमा अम्विकाले प्रहरीको रिपोर्टमा आत्महत्या नै उल्लेख भएपनि आत्महत्या दुरुत्साहनको कानुनी प्रक्रिया अघि बढाउने बताएकी छिन्। अस्ट्रेलियाको पीआर पाएका रवि र दिक्षाको २९ असार ०८० मा विवाह भएको थियो। जानकारी अनुसार दुवैले दोस्रो विवाह गरेका हुन। रवि पहिलो पत्नीसँग सम्बन्धविच्छेद गरेर बसेका थिए भने दीक्षाले विदेशबाट नफर्केका पतिसँग सम्बन्धविच्छेद गरेर रविसँग दोस्रो विवाह गरेकी हुन।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट