सीके राउतले श्रीमतीसँग मागे सम्वन्ध विच्छेद, ललितपुर अदालतमा मुद्दा

काठमाण्डौं– जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सीके) ले पत्नीसँग सम्बन्ध विच्छेदको मुद्दा दिएका छन्।

राउतले ललितपुर जिल्ला अदालतमा पत्नी सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदको लागि मुद्दा दिएका हुन्। ललितपुर जिल्ला अदालतमा दुई हप्ताअघि नै मुद्दा परेको जनाईएको छ।अदालत स्रोतका अनुसार नेता राउतका तर्फबाट ‘अंश सम्बन्ध विच्छेद’ मुद्दा दर्ता भएको हो।

सिन्धु रानी भारतीय नागरिक हुन्। उनका दुई छोरी र एक छोरा छन्। राउतको फिरादपत्रमा श्रीमती घरमा नबस्ने, माइत मात्र जाने गरेको उल्लेख छ।

प्रतिनिधि सभामा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित ४७ वर्षीय सांसद राउतले श्रीमतीलाई अंश दिएर वैवाहिक सम्बन्ध अन्त्य गर्न चाहेको अदालतका एक अधिकारीले वताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट