विवाह गरेर ४ महिनाअघि अस्ट्रेलिया पुगेकी झापाकी दिक्षाको पनि दुःखद अन्त्य

काठमाण्डौं– विवाह गरेर ४ महिनाअघि मात्रै अस्ट्रेलिया गएकी झापाकी किशोरीको पनि दुःखद अन्त्य भएको छ।

सिड्नीमा झापाको मेचीनगर नगरपालिका–४, धाइजनकी २७ वर्षीया दिक्षा सिवाकोटी आइतबार राति सिड्नीको सेन्ट्रलस्थित एक पार्कमा मृत भेटिएकी छिन्। उनलाई हत्या गरिएको वा आत्महत्या गर्न वाध्य पारिएको आशंका छ।

स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ। उनी ४ महिनाअघि अस्ट्रेलिया पुगेकी थिईन। त्यहाँ काम गर्न थालेकी दिक्षा सेप्टेम्बर ८ मा कामबाट निस्केपछि बेपत्ता भएकी थिइन्। खोजी गर्ने क्रममा उनको शव पार्कमा झुण्डिएको अवस्थामा फेला परेको थियो।

उनका माइती पक्षले दिक्षाको मृत्युलाई आत्महत्याको रूपमा स्विकार गरेका छैनन्। उनका पतिलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने माइती पक्षको माग छ। अस्ट्रेलियाको पिआर पाएका श्रीमानले दिक्षालाई गलत बाटोबाट त्यहाँ पुर्याएको र पहिलेको बिवाहको बारेमा पनि ढाँटेको परिवारले बताएको छ।

दिक्षाको पतिको विषयमा धेरै कुरा खुलिसकेको छैन।

यसअघि अमेरिकामाा ममता काफ्ले र मुना पाण्डेको हत्या भएको थियो। ममताको उनकै श्रीमानले र मुनाको लुटेराले हत्या गरेको खुलेको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट