कालाकार भिसामा मानव तस्करी गरेको आरोपमा सुलेमान शंकर ‘इकु’ पक्राउ

काठमाडौं– कलाकार भिसामा मानव तस्करी गरेको आरोपमा कलाकार सुलेमान शंकर (इकु) पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई मंगलबार काठमाण्डौं बुढानीलकण्ठ नगरपालिका–३ हात्तीगौडाबाट पक्राउ गरेको हो। ‘कलाकार भिसामा युरोप पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम उठाउने काम गरेको खुल्न आएको छ। दुई जनाले जाहेरी नै दिएपछि हामीले पक्राउ गरेका हौं’– सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले भने।

प्रहरीका अनुसार पीडित दुई जनाले युरोप पठाइदिने भन्दै इकुले जनही दुई लाख ५० हजार रुपैयाँ लिएको किटानी जाहेरी दिएका छन्। त्यस्तै अन्य दुई जना व्यक्तिमध्ये १ जनासँग ९ लाख र अर्कोसँग ५ लाख रुपैयाँ लगेको जाहेरी पनि आउने क्रममा रहेको प्रहरीले जनाएको छ।

अरु पनि थुप्रै व्यक्तिसँग उनले रकम लिएको देखिएको छ। उनले दुई जनालाई अहिलेसम्म युरोप पठाएको पनि खुलेको बोगटीले बताए। उनले विभिन्न देशमा हुने सांस्कृतिक कार्यक्रममा कलाकार भिसामा लैजाने भनेर विकट क्षेत्रका मानिसलाई प्रलोभनमा पार्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाई छ।

‘आफूले सञ्चालन गरीरहेको एसएमएस फिल्म प्रालिको नाममा ग्लोबल आईएमई बैंक लिमिटेडममा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाखसम्म रकम जम्मा गर्न लगाउने गरेको देखिन्छ’ बोगटीले भने, ‘रकम जम्मा गर्ने व्यक्तिहरूका लागि कलाकार भिसामा विदेशी मुलुकमा भिसा प्रयोजनको लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरू समेत नक्कली बनाउने गरेको पाइएको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट