गोरु काटेको आरोपमा एक महिला पक्राउ, ४ जना फरार

विराटनगर– मोरङमा गोरु काटेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ भने ४ जना प्रहरीलाई झुक्याएर भागेका छन्।

सुन्दरहरैँचा नगरपालिका–९ मुस्लिम टोलमा गोरु काट्दै गरेको अवस्थामा भेटिएपछि घर धनी ३१ वर्षीया ताजकेरा खातुन पक्राउ परेकी हुन। उनको घरभित्र गोरु काट्दै गर्दा सोमबार बिहान प्रहरीले फेला पारेको थियो।

मोरङ प्रहरीका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार बिहान करिव साढे ११ बजे प्रहरी पुग्दा घरभित्र धमाधम गोरु काट्ने काम भइरहेको थियो। प्रहरीलाई देख्नासाथ ४ जना फरार भएका थिए। फरार भएकाको नाम प्रहरीले गोप्य राखेको छ।

घरधनी खानुतलाई भने गोरुको मासुसहित पक्राउ गरिएको डीएसपी वस्नेतले वताए। खातुनले घरमै पालेको गोरु काटेको पाईएको छ। मुलुकी अपराध संहिता, २०७४ ले गाई/गोरु मारेमा ३ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट