अंगालो हालेको अवस्थामा मृत फेला परे नाबालिका दिदीवहिनी, आमाले हत्या गरेको आशंका

विराटनगर– मोरङको सुन्दरहरैचा–७, गोठगाउँमा ३ र १ वर्षका नाबालिका दिदी वहिनी अंगालो मारेको अवस्थामा मृत फेला परेका छन्। धनकुटा पाख्रिबास नगरपालिका–४, डिकुरेका ३१ बर्षीय अर्जुन कार्कीका छोरीहरु अर्पणा र आइकाको शव फेला परेको हो।

नारायण न्यौपानेको केरा बगान भेटिएको शवको नजिकै किटनासक औषधीको वोतल र ५ रुपैयाको नोट फेला परेको छ। उनीहरुलाई विष सेवन गराएर हत्या गरिएको प्रहरीको अनुमान छ। मोरङ प्रहरीका एसपी नवराज कार्कीका अनुसार कार्कीको परिवार हाल सुन्दरहरैचा नगरपालिका–७, मालतिटोल बस्ने दिदी सिता रेग्मीको घरमा बस्दै आएका थिए।

एसपी कार्कीका अनुसार अजुर्नले नयाँ घर बनाउँदै आएका छन्। घरमा पानी नहालेको विषयमा अर्जुन र श्रीमती २९ वर्षीया अस्मिता पौडेलबीच शुक्रबार विहान झगडा भएको थियो। झगडा भएपछि अस्मिता सोही राती करिब साढे ८ बजेतिर दुई छोरीहरु लिएर हिडेकी थिईन। शनिवार साढे ४ बजे दुबै छोरी मृत भेटीएका छन्।

अस्मिता भने फरार रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा पुगेर छानविन भइरहेको प्रहरीले जनाएको छ । अर्जुन सवारी चालक रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट