आँबुखैरेनी बस दुर्घटनाः १२ घाइतेलाई काठमाण्डौं पठाइयो, २० को मृत्यु, ४ बेपत्ता

काठमाण्डौं– तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ऐनापहरामा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ। चालकसहित ४३ जना सवार रहेको वस दुर्घटनामा परेका ४ जना अझै वेपत्ता छन्।

दुर्घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी दीपककुमार रायले बसमा सवार ४ जना मर्स्याङ्दीमा बेपत्ता रहेको जानकारी दिए। बस दुर्घटनाका घाइते भएकामध्ये १२ जनालाई आँबुखैरेनी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाण्डौं पठाइएको छ।

नेपाली सेनाको हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पताल काठमाडौं पठाइएको तनहुँका सीडीओ जनार्दन गौतमले जानकारी दिए। अन्यको भने आँबुखैरेनी अस्पतालमै उपचार भइरहेको छ। पोखराबाट काठमाडौं आउँदै गरेको केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको उक्त बस शुक्रबार बिहान साढे ११ बजे सडकबाट मर्स्याङ्दी किनारमा खसेको थियो।

पोखराको मझेरी रिसोर्टमा बसेर उनीहरू शुक्रबार बिहान काठमाडौँका लागि प्रस्थान गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट