चिठी लेखेर ९२ हजार फिरौती माग्ने २ युवक रङ्गेहात पक्राउ
जनकपुर — महोत्तरीमा चिठी लेखेर ९२ हजार रुपैयाँ फिरौती माग गर्ने दुई युवालाई प्रहरीले शनिवार पक्राउ गरेको छ।
जलेश्वर नगरपालिका– ५ का गफुर राईनलाई धम्कीपूर्ण भाषा प्रयोग गरी चिठी लेखेर फिरौती मागरेको आरोपमा उदीहरुलाई जलेश्वर मन्दिर नजिकैबाट पक्राउ गरिएको हो।
पक्राउ पर्ने रामगोपालपुर–५, कन्चनपुर घर भई जलेश्वर नगरपालिका–१ मा डेरा गरेर बस्ने २४ वर्षीय सुनिलकुमार राउत र १९ वर्षीय करण मण्डल छन्।
उनीहरुले चिठीमार्फत फिरौती रकम माग गर्दै सो रकम महादेव मन्दिरको छेउमा रहेको फोहोर फ्याक्ने भाँडोमा राख्न भनेको थिए। गफुरले यस विषयमा पुर्वजानकारी दिएर प्लाष्टिकमा कागज पोको पारि फोहोर फाल्ने भाडोमा राखिदिएका थिए।
त्यसलाई पैसा सम्झेर निकाल्न जाँदा लुकेर बसेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। घट्नाका विषयमा अनुशन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका इन्स्पेक्टर धर्मराज मुड्भरीले बताए।