‘मिस एप्रोच’ भएर टर्किस एयरलाइन्सको विमान काठमाण्डौंमा ‘ओभरसुट’
काठमाण्डौं– टर्किस एयरलाइन्सको विमानले आज विहान विहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ओभरसुट’ गरेको छ।
स्तनबुलबाट आएको उक्त विमानको बिहान ६ः१० मा अवतरण गर्ने तालिका थियो। तर, अवतरण हुनै लाग्दा विमानले ओभरसुट गरेको हो।
ओभरसुट भएको २० मिनेटपछि विमान पुन अवतरण भएको थियो। ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ।
एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो।
प्रतिक्रिया