यी हुन बंगलादेशमा शेख हसिनाको साम्राज्य ढाल्ने आन्दोलनको नेतृत्व गरेका विद्यार्थी

काठमाण्डौं– बंगलादेशमा १५ वर्षभन्दा वढि एकछत्र राज गरेकी प्रधानमन्त्री शेख हसिना देश छोडेर भागेपछि अहिले त्यहाँ अन्तरिम सरकार गठनको तयारी भईरहेको छ।

सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि हसिना भागेर हेलिकप्टरमार्फत भारत पुगेकी छिन। उनी भारतबाट अन्य देशमा जाने तयारीमा रहेको मिडिया रिपोर्टमा उल्लेख छ। हसिनालाई आफ्नो देश छाड्न बाध्य पार्ने अर्दापछाडिका विभिन्न कारण होलान। तर, पर्दा अगाडिको कारण भने विद्यार्थी आन्दोलन देखियो।

विद्यार्थी आन्दोलनमा विपक्षी दलको समर्थन देखियो भने अत्याधिक आन्दोलनकारीको मृत्यु भएपछि पछिल्लो समय त्यहाँको सेनाले पनि हात उठायो। जसका कारण विद्यार्थीले सुरु गरेको आन्दोलन नै हसिना पतनको कारण वन्यो। यो आन्दोलनका पछाडि तीनवटा महत्वपूर्ण पात्र छन् । जसले युनिभर्सिटी क्याम्पसबाट आन्दोलन सुरु गरी १५ वर्षदेखि सत्तामा रहेको शेख हसिनाको सरकारलाई ढाले।

पहिलो पात्र हुन, ढाका विश्वविद्यालयका विद्यार्थी नाहिद इस्लामस् इस्लाम। अहिले बंगलादेशमा जारी विद्यार्थी आन्दोलनको सबैभन्दा ठूलो अनुहार हो यो। उनले आइतबार भनेका थिए, ‘आज हामीले लाठी उठाएका छौं, यदि लाठीले काम गरेन भने हतियार पनि उठाउन तयार छौँ। प्रधानमन्त्री हसिना देशलाई गृहयुद्धमा धकेल्न चाहन्छिन्। अब शेख हसिनाले निर्णय गर्नुपर्छ, उनले पदबाट राजीनामा दिने या पदमा रहन रक्तपातको सहारा लिने।’

इस्लामलाई प्रहरीले जुलाई २० मा पक्राउ गरेको आरोप छ। तर, प्रहरीले यसलाई अस्वीकार गरेको छ। सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो जसमा युनिफर्म लगाएका केही व्यक्तिले इस्लामलाई कारमा बस्न लगाएका थिए। इस्लाम बेपत्ता भएको २४ घण्टापछि पुलमुनि बेहोस अवस्थामा फेला परेका थिए। बेहोस नभएसम्म आफूलाई फलामको रडले कुटपिट गरिएको उनले दाबी गरे। २६ जुलाईमा डिटेक्टिभ ब्रान्चले इस्लामलाई उपचारको क्रममा अस्पतालबाट फेरि उठायो।

यस पटक, डिटेक्टिव ब्रान्चले सुरक्षाको कारणले इस्लाम र उनका सहयोगीलाई हिरासतमा राख्न आग्रह गरेको थियो। उनलाई प्रहरीले पटक पटक पक्राउ गरेर शारीरिक र मानसिक यातना दिएको थियो। इस्लामले सरकारले हिंसा जारी राखे संसद कब्जा गर्ने बताएका थिए ।

अर्को नाम हो, आसिफ महमूद। ढाका विश्वविद्यालयमा भाषा अध्ययन गरिरहेका विद्यार्थी आसिफ आरक्षण विरुद्धको राष्ट्रव्यापी आन्दोलनको हिस्सा बने। महमूदलाई पनि डिटेक्टिभ ब्रान्चले जुलाई २६ मा गिरफ्तार गरेको थियो। जुलाई २७ मा डिटेक्टिभ ब्रान्चले थप दुई विद्यार्थी नेतालाई पक्राउ गरेको थियो। उनीहरुको नाम सर्जिस आलम र हसनत अब्दुल्ला थियो।

विद्यार्थीको गिरफ्तारीको विरोधमा आन्दोलन चकिएपछि अगस्त १ मा केही विद्यार्थी हिरासतबाट रिहा भएका थिए। अगस्ट ३ मा, आसिफले फेसबुकमा पोस्ट गर्दै विद्यार्थीहरूलाई घरमा नबस्न र नजिकैको प्रदर्शनमा भाग लिन अपील गरे। हसिनाले बंगलादेश छोडेपछि आसिफ महमूदले फेरि एकपटक बयान दिएका छन्। उनले देशमा सैनिक शासन अर्थात सैन्य शासन स्वीकार नगर्ने बताएका छन्।

अबु बकरले पनि शेख हसिनालाई सत्ताबाट हटाउनमा भूमिका खेलेका छन्। उनी ढाका विश्वविद्यालयको भूगोल विभागका विद्यार्थी हुन्। फ्रन्ट लाइन डिफेन्डरका अनुसार उनी नागरिक अधिकार र मानव अधिकारमा पनि काम गर्छन्। ५ जुनमा आरक्षणमा उच्च अदालतको निर्णय पछि, बकरले आफ्ना साथीहरूसँग मिलेर भेदभाव विरुद्ध विद्यार्थी आन्दोलन सुरु गरेका थिए। उनले ‘स्वतन्त्रता सेनानी’ का आफन्तहरूलाई सरकारी जागिरमा दिइने आरक्षणको कडा विरोध गरे।

जुलाई १९ को साँझ धानमण्डी इलाकाबाट केही व्यक्तिले अबुलाई लिएर गएका थिए। त्यसपछि धेरै दिनसम्म उनको कुरा सुनिएन। दुई दिनपछि उनलाई उठाइएका ठाउँकै सडकमा छाडियो। पछि अबुले मिडियालाई प्रहरीले उनलाई कोठामा थुनेर आन्दोलन फिर्ता लिन दबाब दिएको बताए। उनले आन्दोलन फिर्ता लिन अस्वीकार गर्दा प्रहरीले कुटपिट गरेको र घाइते भएपछि नगर अस्पतालमा भर्ना गरिएको थियो। त्यसपछि जुलाई २६ मा प्रहरीले उनलाई फेरि हिरासतमा लिएको थियो।

यसपटक उनीसँगै आएका मानिसहरूले आफूलाई ढाका महानगरीय प्रहरीको डिटेक्टिभ विंगका अफिसर भएको परिचय दिए। त्यहाँ उपस्थित मानिसहरूले उनलाई शान्ति भंग गरेको आरोपमा पक्राउ गरिएको बताएका थिए ।

तिनै विद्यार्थी नेताहरुले अब हसिनाले राजीनामा दिएर देश नै छोडेपछि सेनाको सत्ता स्वीकार नहुने भन्दै नयाँ सरकार गठनको माग गरेका छन्। स्थानीय मिडियाका अनुसार उनीहरुले नोबेल पुरस्कार विजेता मोहमद यूनुसको नेतृत्वमा बंगलादेशमा अन्तरिम सरकार गठनको माग गरेका छन्। यूनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचलान गरेका कारण २००६ मा नोबेल शान्ती पुरस्कार पाएका थिए। उनले अन्तरिम सरकारको नेतृत्व गर्न स्विकृती दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट