वाढीमा परेर वेपत्ता दुई मध्ये १ मजदुरको शव भेटियो, हाईड्रो पावर र ८ वटा पुलमा क्षती
विराटनगर — भोजपुरको उत्तरी क्षेत्रस्थित इखुवा खोलामा आएको वाढी परी वेपत्ता भएका निर्माणधिन इखुवा जलविद्युत् आयोजनाका २ जना मजदुर मध्ये १ जनाको शव फेला परेको छ।
जिल्लाको साल्पासिलिछो गाउँपालिका–४ गोथे बजारमा निर्माणाधीन आयोजनामा कार्यरत मजदुर बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का ३० वर्षीय रमेश थारुको शव अरुण नदीको सतिघाटमा फेला परेको हो।
अर्का मजदुर २६ वर्षीय श्यामकुमार थारु बेपत्ता छन्। उनको खोजी कार्य जारी रहेको भोजपुर प्रहरीका डीएसपी युवराज तिम्सिनाले जानकारी दिए। राती करिव १ बजे आएको वाढीले बगाएका २६ वर्षीय रामकिसन थारुलाई स्थानीयले उद्धार गरेका थिए।
साल्पा सिलिछो गाउँपालिकाका अध्यक्ष दौलथ राईका अनुसार बाढीले हाइड्रोपावरमा पूर्ण रुपमा क्षति पु¥याएको छ। बाढीले ८ वटा पुलमा पनि क्षती गरेको उनको भनाई छ। बागवालुङ झोलुंगे पुल, दोभाने झोलुंगे पुल, नागदह झोलुंगे पुल, गोथेबजार झोलुंगे पुल, टावुटार झोलुंगे पुल, निर्माणाधीन नागदह पक्की पुल, निर्माणकार्य सम्पन्न हुन लागेको तावुटार पक्की पुल र गौडेनी पक्की पुलमा बाढीले क्षति पु¥याएको छ।