साढे ७ वर्ष कैद माग गर्दै दुर्गाप्रसाईँ विरुद्ध दर्ता भयो साईबर अपराधको मुद्दा

काठमाडौँ– मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध बुधबार सरकारी वकिल कार्यालयले साइबर अपराध कसुरमा साढे ७ वर्ष कैद सजायको माग गर्दै मुद्दा दर्ता गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरेर सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो।

ब्युरोले विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार र थप सजायको लागि राय दिएको थियो। सरकारी वकिलले दफा ४७ अनुसार उक्त कसुरअनुसार एक लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय माग गरी मुद्दा दर्ता गरेको हो।

त्यसैगरी प्रसाईंले दोहो¥याएर सोही अपराध गरेको भन्दै थप सजायको पनि माग गरेको छ। उपदफा २ मा ‘कुनै व्यक्तिले उपदफा (१) बमोजिमको कसुर पटक–पटक गरेमा त्यस्तो कसुर बापत अघिल्लो पटक भएको सजायको डेढी सजाय हुनेछ,’ भन्ने उल्लेख छ।

५ वर्षको डेढी सजाय लागू हुँदा थप साढे २ वर्ष सजाय हुनसक्छ। यसो भएमा प्रसाईंलाई साढे सात वर्षसम्म सजाय हुन सक्छ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएपछि प्रसाईं ४ मंसिरमा भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए। उनले सामाजिक सञ्जालमार्फत ‘प्रमाण’ भन्दै सार्वजनिक गरेको विवरण झुठो भएको खुलेपछि प्रहरीले पक्राउ गरेको थियो।

अनुसन्धान चलिरहेका बेला भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाममा व्यवसायीलाई धम्क्याउँदै असुली गरेको प्रकरण पनि सीआईबीले फेला पारेको थियो। सीआईबीले भारतको आसामबाट धम्की दिने झापा चारआलीका ३६ वर्षीय नविन प्रधान भनिने हरिचन्द्र फुयाँललाई पक्राउ गरेपछि यसमा प्रसाईं पनि जोडिएका हुन।

फुयाँलले प्रसाईको निर्देशनमा आफूले त्यसरी फोन गरेको बताएपछि प्रसाईंविरुद्ध अहिले आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा अनुसन्धान थालिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट