सप्तरीमा पत्रकारको चुनावः निवर्तमान अध्यक्ष र उपाध्यक्ष नै प्रतिस्पर्धामा, यस कारण छ विशेष

राजविराज– नेपाल पत्रकार महासंघ सप्तरी शाखाको अध्यक्षका लागि बैद्यानाथ यादव र श्रवणकुमार देवको उम्मेदवारी परेको छ।

निवर्तमान उपाध्यक्षसमेत रहेका यादव प्रेस मञ्च नेपाल र प्रेस सेन्टर नेपालका संयुक्त उम्मेदवार हुन भने निवर्तमान अध्यक्ष रहेका देव नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका साझा उम्मेदवार हुन।

अघिल्लो कार्यकालमा देव र यादवको सम्वन्ध सांगठनिक रुपमा खासै सौहार्द्रपूर्ण रहेन। यादवले देवमाथि विभिन्न आरोप लगाउँदै छानविनको मागसमेत गरेका थिए। अहिले दुवै जना प्यानलै वनाएर चुनावी प्रतिस्पर्धामा छन्।

२५ पदका लागि अध्यक्षसहित ४४ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा रामनारायण विश्वास र अनिलकुमार पोखरेल, महिला उपाध्यक्षमा मञ्जु यादव र सुधा देव, सचिवमा खगेन्द्र कार्की र जितेन्द्रकुमार झा, सह सचिवमा कृष्णकुमार मण्डल धानुक र दिनानाथ यादव, समावेशी सह सचिवमा डम्बर राई र विद्यानन्द राम, कोषाध्यक्षमा नविनकुमार गुप्ता र गोपालप्रसाद गुप्ता उम्मेदवार छन्।

यसैगरी, महिला सदस्यमा रक्षा चौधरी, दलित सदस्यमा किशोरकुमार पासवान, आदिवासी जनजाती सदस्यमा निरजकुमार मण्डल र बृजमान तामाङ्ग प्रतिस्पर्धामा छन्। यस्तै, मधेशी सदस्यमा अरुणकुमार यादव र कृष्णदेव यादव अन्य समावेशीमा परिष कुमार कर्ण र भुषण कुमार सिंह उम्मेदवार छन्।

खुला सदस्यमा नर्मदेव यादव, शिव आचार्य, उत्तम आचार्य, रामनारायण यादव, धर्मपाल राउत, विन्दू कुमार यादव, राजेन्द्र कुमार मिश्र, गंगा प्रसाद साह उम्मेदवार छन्।

केन्द्रिय परिषद सदस्यमा ढमला भट्टराई, सतिष कुमार दत्त, मनोज कुमार माझि, देवराम यादव, सुमन कुमार मिश्र छन् भने प्रदेश परिषद सदस्यमा अरुण कुमार तिवारी, नरेश कुमार चौधरी, शैलेन्द्र झा, लोकेन्द्र प्रसाद यादव, पवन कुमार मिश्र, गणेशलाल देव, भुपेन्द्र प्रसाद मण्डल, आनन्द मोहन शर्मा, महेन्द्र प्रसाद मण्डल, ध्रुब कुमार मण्डल प्रतिस्पर्धामा रहेको प्रमुख निर्वाचन अधिकृत बैद्यनाथ झाले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट