ठुलो भाग खोज्न जसपा पसेकी रञ्जु झा एमालेमै फर्किँदै, भन्छिन– भविष्यमा के हुन्छ भन्न सकिन्न

काठमाडौँ– नेकपा एमालेमा छँदा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको फेरो समातेर राजनीतिमा सकृय भएकी र निकै फाईदा लिएकी सप्तरीकी नेतृ रञ्जु झा ठाकुर ठुलो भाग खोज्दै मधेशवादी दलमा पसिन। ०७९ को चुनाव अघि उनले पार्टी छोड्दै गर्दा एमाले मधेशप्रति अनुदार भएको आरोप लगाईन।

यतिमात्रै होईन, पार्टीको दशौं महाधिवेशनसम्म आइपुग्दा आफुप्रति अपमानजनक व्यवहार भएको उनको आरोप छ। पार्टीमा जिम्मेवारी नपाएर स्वाभिमानमा ठेस लागेपछि स्वर्गीय पत्रकार शिवहरी भट्टराईको आग्रहमा आफु जसपा पसेको उनले बताएकी छिन्।

तर, उनको एमाले छोड्नुको प्रमुख कारण मधेशमा चलेको एमाले विरोधी हावाबाट बच्नु र मधेशवादी दलमा पसेर अवसर लिनु थियो। त्यो कुरा उनका पछिल्ला गतिविधिले पनि प्रमाणित गर्दै गएका छन्।

दोस्रो संविधान सभामा नेकपा एमालेले उनलाई मधेशी क्लस्टरबाट समानुपातिकतर्फ सभासद् बनाएको थियो। उनी संसदको महिला, बालबालिका तथा खेलकुद समितिको सभापतिसम्म भएकी थिईन। तर, एमालेमा लगातार अवसर नपाउने अवस्था उनको महत्वकांक्षामा तघारो वन्यो। त्यसैले उनले पार्टी छोड्ने निर्णय लिएको एमालेका नेताहरु नै वताउँछन्।

जसपामा पसेर पनि सोचेजस्तो भुमिका नपाएपछि उनी असन्तुष्ट छिन। आलोचकहरुका अनुसार जसपामा अहिले उनको अवस्था ‘नाफा गर्दो चुत्को, साउँ पनि फुत्यो’ भनेको हाल छ। उनी स्वयम पनि जसपामा आफुले सोचेजस्तो भुमिका नपाएको गुनासो गर्छिन। ‘जे उद्देश्य लिएर म जसपा प्रवेश गरेँ, त्यो अवसर त्यस पार्टीभित्र मैले पाइनँ’ जनआस्था डटकमलाई अन्तरवार्ता दिदै उनले भनेकी छिन्–‘मधेशको मुद्दालाई दह्रोसँग समात्ने सवालमा थुप्रै कमजोरी भएको छ। पहिचानको मुद्दादेखि गरिबीको सवाल सम्बोधन गर्न पनि सकेको छैन।’

गुनासो मात्रै होईन, त्यसपछि उनले पार्टी विभाजनमै भुमिका खेलिन। अहिले उनी अशोक राई नेतृत्वको जसपामा छिन्। उपेन्द्र यादवको ब्यवहारका कारण आफु राईपटी लागेको उनको भनाई छ। मधेश समस्याका विषयमा आफुले उपेन्द्र यादवसँग कुरा राख्दा उल्टै दबाउन खोजेपछि आफुले वैकलिप्क बाटो रोज्नु परेको उनले वताएकी छिन्।

‘संसदीय फाँटमा पार्टीको भूमिका सशक्त बनाउनेगरी भूमिका दिनोस् भनेकी थिएँ। तर, सुनुवाई भएन। बरु मलाई दबाउन खोजिएको महशुस भयो’ उनले भनेकी छिन्–‘अर्को कुरा म निष्ठावान, इमान्दार भएकोले न म त्यहाँ सांसद बन्न गएको थिएँ न त पार्टी फुटाउन। त्यो त परिस्थितिको उपज थियो।’

अहिले उनी फेरी एमालेमै फर्किने तयारीमा रहेको चर्चा चल्न थालेको छ। चर्चा अनुसार उनीसहित अशोक राई समूहका ७ सांसद अध्यक्ष केपी शर्मा ओलीले इसारा गर्नासाथ एमालेमा मिसिने आन्तरिक तयारीमा छन्।

तर, उनी भने यो चर्चालाई अस्विकार जस्तै गर्छिन। ‘अशोक राई, राजेन्द्र श्रेष्ठ, सुशीला श्रेष्ठ, म, वीरेन्द्र महतोलगायत अधिकांश नेता एमाले पृष्ठभूमिको भएकाले उतै मिल्छन् कि भन्ने अनुमानका आधारमा हल्ला चलेको होला’ उनी भन्छिन्–‘भविष्यमा के हुन्छ, त्यो अहिले नै ठोकुवा गर्न त सकिंदैन तर, अहिलेका लागि भने यो सबै हल्ला मात्र हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट