भीआईपीको बाटै फरक, साधनै फरकः रविलाई जहाज, छविलाई राति र गाडी नै सहज !
काठमाडौँ– रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि पर्सा लान हिरासत कक्षसमेत ठिक्क पारिएको छ।
रविलाई पोखरा हुँदै पर्सा लगिँदैछ। बुद्ध एयरको विमानबाट पोखराबाट काठमाडौं र काठमाडौंबाट दिउँसो साढे दुई बजे सिमरा पु¥याई त्यहाँबाट विरगञ्ज लाने तयारी छ। उनलाई यसअघि चितवन बाटै पर्सा लाने तयारी थियो, तर व्यवस्थित हिरासत कक्ष नभएको भन्दै पर्सा प्रहरीले केही दिनपछि उनलाई पठाउन अनुरोध गरेको थियो।
रविलाई जिल्ला प्रहरी कार्यालय पर्साको महिला हिरासतमा राखिने छ। अधिकृत आवास जाने बाटोसँगै रहेको महिला सेलको छेउमा महिला हिरासत छ। महिला कैदीहरु त्यति नहुने भएकाले यो प्राय खालि नै हुन्छ।
त्यसलाई सरसफाइ गरेर रविलाई राख्ने तयारी गरिएको जनाईएको छ। उडुसको ‘महामारी’ रहेकाले उडुस मार्ने दबाइसमेत हालिएको प्रहरी स्रोतले बतायो। जिल्ला प्रहरी कार्यालय पर्साले यसअघि भने भीआइपी थुनुवालाई नारायणी मेडिकल कलेजको अतिथि गृहमा राख्ने गरेको थियो।
पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई भने आज विहानै स्थलमार्गबाट वीरगन्ज पुर् याई सकिएको छ। उनीहरुलाई पनि रविसँगै राख्ने प्रहरीको तयारी छ।
वीरगञ्ज महानगर–६ आदर्शनगरमा सञ्चालित सानो पाइला बचत तथा ऋृण सहकारी संस्थासम्बन्धी मुद्दामा तीनै जनासँग बयान लिईने छ। पर्सा जिल्ला अदालतले रवि, छविसहित १४ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ।
पर्सामा पक्राउ आदेश जारी हुँदा रवि चितवनमा बयान दिइरहेका थिए। उनलाई त्यतैबाट पर्सा पुर् याउने तयारी भएपछि पछि रातारात पोखरा पठाईएको थियो।