आफैले काटेको रुखको हाँगाले लागेर इलाममा एक जनाको ज्यान गयो
विराटनगर– आफैले काटेको रुखको हाँगाले लागेर इलामको देउमाईमा एक जनाको मृत्यु भएको छ।
देउमाई नगरपालिका–९ जितपुर सुङ्गुरेडाँडाका ४९ वर्षीय तुलसी जबेगूको आईतबार मृत्यु भएको हो।
बिहान करिब साढे ११ बजे रुख काट्ने क्रममा माथिबाट अचानक हाँगा खसेर उनको ढाडमा लागेको थियो।
घाइते अवस्थामा उनलाई उपचारका लागि झापाको विर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। उपचारका क्रममा दिउँसो करिव ५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
प्रतिक्रिया