रविलाई वयानका लागि पर्सा लाने तयारी, छवि र रामबहादुरलाई विहानै पुर्‍याईयो

काठमाडौँ– सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई वयानका लागि पर्सा लाने तयारी सुरु भएको छ। शुक्रबार मात्रै चितवनबाट पोखरा पुर्‍याईएका उनलाई वयानका लागि त्यता लाने तयारी भएको हो।

रविलाई लाने समय भने निश्चित भइनसकेको प्रहरी स्रोतले बतायो। रविसँगै पक्राउ पूर्जी जारी भएका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई भने पोखराबाट पर्सा लगिएको छ।

उनीहरुलाई आइतबार बेलुका पोखराबाट गाडीको बाटो हुँदै आज बिहान पर्सा पुर्‍याइएको प्रहरी स्रोतले बतायो। पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा आज जिल्ला सरकारी वकिलको कार्यालयमा उनीहरुको बयान लिएर त्यसपछि पुनः पोखरा फर्काइने छ।

रवि, छवि र रामबहादुर तीनै जना सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्। रविलाई थप अनुशन्धानका लागि कास्की जिल्ला अदालतले आईतबार मात्रै ४ दिन हिरासतमा राख्न पाउने अनुमति प्रहरीलाई दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट