नदीको पूर्जा गर्न गएका जिमी चिप्लिएर नदीमै वेपत्ता

विराटनगर– संखुवासभामा शनिवार अरुण नदीको पूजा गर्न गएका एक ब्यक्ति डुबेर बेपत्ता भएका छन्। चैनपुर नगरपालिका–११, कुइबिरका ४८ वर्षीय गजेन्द्र जिमी बेपत्ता भएका हुन।

दिउँसोतिर चैनपुर–११, खहरेस्थित अरुण नदीमा पूजा गर्ने क्रममा चिप्लिएर जिमी बेपत्ता भएका हुन। सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खोजी गरेपनि जिमीलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

प्रत्यक्षदर्शीका अनुसार अरुण नदीमा पूजा शुरू गरेलगत्तै जिमी चिप्लिएर नदीमा खसेका थिए। त्यस लगत्तै उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका इन्स्पेक्टर रामकुमार लामिछानेले जानकारी दिए।

उनका अनुसा पूजाका लागि जिमीको परिवारका ६ जना सदस्य अरुण नदीमा पुगेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट