लहानमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको भाषणले सीके राउतका नेताको शान्ति उडायो

लहान– उपचुनाव प्रचारका क्रममा सिरहा आएका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेताको निद्रा हराउने भाषण गरेर हिडेका छन्।

संघीय सरकारको प्रमुख साझेदार पार्टीका महासचिव शर्माले सिरहाको लहानमा शनिबार आयोजित एक कार्यक्रममा मधेश प्रदेशमा वर्तमान सरकारको विकल्प खोजिने बताएपछि जनमत पार्टीका नेताको शान्ति हराएको छ।

महामन्त्री शर्माले जनमत नेतृत्वको प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेकोले अब त्यसको विकल्प खोज्ने मात्रै बताएनन्, सरकारको नेतृत्व नै कांग्रेसले गर्ने बताएका छन्। सत्तारुढ गठबन्धन दलबीच भएको सहमतिअनुसार जनमतले मधेश सरकारको नेतृत्व लिएको छ।

सरकार बनेको ६ महिना हुन लागेको स्मरण गर्दै उनले जनचाहनाअनुसार काम हुन नसकेकाले अब कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाएर मधेशको विकासमा भुमिका खेल्ने वताए। जनमतले सहयोग नगरे पनि कांग्रेस, एमाले र लोसपा मिलेर सहज रूपमा सरकार बनाउन सकिने उनको भनाई छ।

महामन्त्री शर्माको भाषणले सीके राउतसहित जनमत पार्टीका नेताहरुको मनमा शान्ति हराएको कांग्रेसका नेताहरुको प्रतिक्रिया जनाएका छन्। मधेशमा अहिले जनमत पार्टीका प्रदेश सांसद सतिश सिंहले नेतृत्व गरेका छन्। उनी मुख्यमन्त्री भएको लगभग ६ महिना पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट