दुर्गा प्रसाईको गाडीको ठक्करबाट सुनसरीका फुलेश्वरको मृत्यु
इटहरी — १० दिनअघि मेडिकल व्यवसायी दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते सुनसरीका एक ब्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।
गत २५ कात्तिकमा कोशी ब्यारेजतर्फ जाँदै गरेको प्रसाईंको वागमती प्रदेश ०१–०२८ च ०२०१ नम्बरको गाडीले कोशी गाउँपालिका–३ स्थित नहर चोकमा २ वटा मोटरसाइकललाई ठक्कर दिएको थियो।
सो दुर्घटनामा घाईते कोशी गाउँपालिका–३ का ६० वर्षीय फुलेश्वर मेहताको शुक्रबार मृत्यु भएको हो। दुर्घटनामा दाहिने खुट्टा र हातमा चोट लागेका मेहतालाई उपचारका लागि सप्तकोशी न्युरो अस्पतालमा भर्ना गरिएको थियो।
त्यहाँबाट थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएको थियो। सोही अस्पतालमा उपचारका क्रममा फुलेश्वरको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया