मिटरव्याज असुलेको आरोपमा नेकपा वहुमतका कार्यकर्ताले व्यवसायीलाई चक्कु हाने
काठमाडौँ– दाङको घोराहीमा नेकपा बहुमतका कार्यकर्ताले एक जना व्यवसायीलाई चक्कु प्रहार गरी घाईते बनाएका छन्।
मिटर ब्याज असुलेको आरोप लगाउँदै व्यवसायी धनबहादुर बस्नेतमाथि चक्कु प्रहार गरेका हुन। घोराहीको विपी चोकस्थित सञ्जिवनी कलेजका शिक्षकसँग बिहीबार बिहान ऋण उठाउन गएका बेला नेकपा बहुमतका कार्यकर्ताले बस्नेतको नाकमा चक्कु प्रहार गरेका थिए।
घाइते बस्नेतको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भएको छ। आक्रमणमा संलग्न ब्यक्ति फरार रहेको प्रहरीले जनाएको छ। यसअघि अर्का मिटरब्याजी दुर्गाप्रसाद पन्तलाई पनि नेकपा बहुमतका कार्यकर्ताले कालोमोसो दलेका थिए।
प्रतिक्रिया